ग्रीन डेभलमेन्ट बैंक बेनी शाखाले तोरीपानीमा घरदैलो तथा वित्तिय सारक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बेनी शाखाको आयोजनामा बेनपा–९, तोरीपानीको निलदहमा बैङ्कीङ सेवा सुबिधाको प्रक्रियाको बारेमा जानकारी गराई ग्रामिण क्षेत्रमा वित्तिय पहुँच बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । बैङ्कका बेनी शाखाका प्रमुख दिपेन्द्र शर्माले बैङ्कीङ सेवा मार्फत ऋण लिने, किस्ता तिर्ने प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले वित्तिय सेवा, र्बैंकमार्फत सञ्चालन गर्ने गतिविधिका साथै गाउँघरमा आएर दिन सकिने विभिन्न सेवाका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा बैंकका कर्मचारी प्रदिप खत्री र होम उपाध्यायले समेत सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ४० जनाको उपस्थित रहेको थियो । पोखरामा मुख्य कार्यालय रहेको बैंकका हाल सम्म ११ शाखाले ५ जिल्लामा सेवा दिईरहेको छ । बैंकको पश्चिम म्याग्दीको दरबाङमा समेत शाखा रहेको छ ।

विज्ञापन