७१ बर्षमा बिष्णु बहादुरले नागरिकता पाए

0

म्याग्दीको सदरमुकाम बेनीमा करिव तीन दशकसम्म सामान ढुवानी गर्ने भरिया बिष्णु बहादुर क्षेत्रीले ७१ वर्षको उमेरमा नागरिकता पाएका छन्। ज्यालामजदुरी गरी जीवन निर्वाह गदैं आइरहेका क्षेत्रीलाई जीवनको महत्वपूर्ण समयमा नागरिकताको आवश्यकता ठानेनन् ।

यूवा अवस्था नागरिकताको आवश्यकतालाई खासै ध्यान नदिएका क्षेत्रीले बुढेशकालमा सामाजिक सुरक्षाभत्ताका लागि नागरिकता आवश्यकता भएकाले बेनी नगरपालिका वडा नं ६ ले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा बुझाएसँगै ७१ वर्षीय क्षेत्रीले नागरिकता पाएको वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बेनीअनलाइनलाई बताए ।

‘सामाजिक सुरक्षाभत्ताका लागि मैले पहल गरेको थिए,‘कागजात पुगेपछि सहज भयो’ बानियाँले भने । वडाले क्षेत्रीको परिवार, छिमेकी सहित आवश्यक प्रमाण पेश गरेपछि सहायक प्रजिअ महेश सुबेदीले नागरिकता हस्तान्तण गरेपछि क्षेत्री खुसी भएका थिए । उनको नागरिकतामा २००५ साल बैशाक १ गते जन्म कायम गरिएको छ ।

उनले बुधबार नै गरिमा विकास बैंक बेनी शाखामा पुगेर बैंक खाता खोलेका छन् । बृद्धभत्ताले औषधीउपचार, समान्य खर्चका लागि सजिलो हुने क्षेत्रीको भनाई छ । छापा स्थायी घर भएका क्षेत्री अहिले छोराले जग्गा खरिद गरेपछि डम्बरामा बस्दै आएका छन् । जिल्लामा आवश्यक कागजी प्रक्रियाको अभावका कारण नागरिकताबाट बन्चित हुनेलाई स्थानीय तहको पहलमा नागरिकता उपलब्ध गराउने प्रयास भरहेको छ ।

Leave a Reply