कास्कीमा जारी गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा म्याग्दीले विजय सुरुवात गरेको छ। विहिबार बिहान भएको खेलमा म्याग्दीले नवरपुरलाई ३–१ ले पराजित गरेको छ ।

एन्फामा आवद्ध नभएको जिल्लाहरुको लिगमा पर्वत र मुस्ताङको टोलीलाई पराजित गदैं लिग विजेताको रुपमा प्रतियोगितामा छनौट भएको म्याग्दीको तर्फबाट सन्तोष पुन, साजन गर्बुजा र विनम थजालीले गोल गरेको जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।

प्रतियोगितामा म्याग्दी सुरुवात देखिनै हावी भएको थियो । म्याग्दीले गण्डकी प्रदेशस्तरीय खेलमा आफ्नो उत्कृष्ट प्रर्दशनका लागि आवश्यक तयारी सहित मैदानमा रक्षात्मक र आक्रमक शैलीलाई प्रयोग गरेको क्याप्टेन निशान गुरुङले बताए ।

जिल्लास्तरमा खेलमा समेत उत्कृष्ट खेल देखाउन सफल खेलाडीहरुको उपस्थिती रहेको प्रतियोगितामा आगामी खेलहरुमा समेत उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिने टोलीले जनाएको छ । प्रतियोगिताको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए । माघ ७ गतेबाट शुरु भएको प्रतियोगिता माघ १४ गतेसम्म जारी रहने छ ।

विज्ञापन