म्याग्दी जेसीजको बर्ष २०२० को नेतृत्वका लागि दुईजना भिड्ने

0

म्याग्दी जेसीजको बर्ष २०२० को नेतृत्वका लागि दुईजना भिड्ने भएका छन् । म्याग्दी जिल्लामा यूवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय रहेको जेसीजको गत पुस २६ गते आयोजित २१ औँ शाखा अधिबेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि बिरेन्द्र श्रेष्ठ, सुजन बरुवाल, शैलेश श्रेष्ठ र भरत रकालले अध्यक्षको दावी गरेका थिए ।

बिहिबारको अन्तिम उम्मेदवारको नामावली प्रकाशनमा बिरेन्द्र र भरतले उम्मेदवारी फिर्ता लिएपछि आगामी शनिबार अध्यक्षका लागि मतदान हुने निश्चित भएको हो । म्याग्दी जेसीजको इतिहासमै पहिलोपटक मतदान हुदैछ । सर्वसम्मत रुपमा नेतृत्व चयनको पटक–पटकको प्रयास असफल भएपछि शनिवार दिउँसो १२ बजेदेखि मदतान प्रक्रिया सुरु हुने मुख्य निर्वाचन आयुक्त कमल विश्वकर्माले बताए । उनका अनुसार दिउँसो दुईबजेसम्म मतदानको समय रहेको छ ।

मतदान सकिएलगत्तै मतगणना हुने छ । बर्ष २०२० को उपाध्यक्ष ४, कार्यकारीणी उपाध्यक्ष २ मा सहमति भइसकेको छ । जेसीजमा महासचिव, कोषाध्यक्ष, शाखा सम्पादक सह–सचिब, सह–कोषाध्यक्ष लगायत विभिन्न ८ पदम मनोनित हुने प्रावधान रहेको छ ।

यसैबीच अध्यक्षका प्रत्यासीद्धय बरुवाल र श्रेष्ठले आफ्नो पक्षमा नतिजा पार्न चुनावी अभियान सुरु गरेका छन् । निर्वाचनमा होमिएका शैलेश श्रेष्ठ सन् २००८ मा आवद्ध भएका हुन् । उनले उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, बरिष्ठ कार्यकारिणी उपाध्यक्ष, शाखा सम्पादकको जिम्मेबारी सम्हालिसकेका छन् ।

उनले आफ्नो उम्मेदवारी जेसीजको मुल मर्म अनुसार सञ्चालन गर्ने, जेसीज सप्ताहको निरन्तरता, नयाँ किसिमका तालिम, यूवा ब्यवसायीहरुलाई सिपमुलक तालिम, भवन पुननिर्माण, नेपाल भ्रमण बर्षसँग सम्बन्धित गतिविधि लगायतलाई एजेण्डामा राखेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार बरुवाल सन् २०१४ देखि निरन्तर जेसीजका विभिन्न पदमा सक्रियतापूर्वक सहभागि छन् ।

साधारण सदस्य, उपाध्यक्ष, कोषाध्यक्ष, कार्यकारिणी उपाध्यक्षको जिम्मेबारी सम्हालिसकेका छन् । बरुवालले यूवा केन्द्रित अभियानलाई ग्रामिण क्षेत्रमा विस्तार, विगतका अध्यक्षहरुसँग समन्वय तथा लोकप्रिय कार्यक्रमहरुलाई निरन्तता, जेसीज कप फुटबलको अक्षय कोष बृद्धि, बौद्धिक अपाङ्ता भएका विद्यार्थीको अक्षय कोष बृद्धि, नेपाल भ्रमण बर्षमा म्याग्दीमा विभिन्न रचनात्मक कार्यक्रम, नगर तथा गाउँपालिकास्तरीय विभिन्न कार्यक्रम, सचिवालय ब्यवस्थापन, यूवा, महिला लक्षित सीपमुलक तालिम, सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय, बेनीबजारको उचित स्थानमा आर्कषक स्मारक बनाउने प्रतिबद्धता जनाएका छन् । जेसीजमा ६० जना मतदाता रहेका छन् ।

Leave a Reply