रुख ढाल्ने क्रममा गम्भीर घाइते भएका रघुगंगा गाउँपालिका–२, राखु भगवतीका अमित केसीको उपचारमा म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ५३ हजार आर्थिक सहयोग गरेको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका केसीलाई कोषमार्फत ३० हजार तथा संस्थापक अध्यक्ष,संस्थापक अध्यक्ष र पदाधिकारीले ब्यक्तिगत रुपमा २३ हजार गरी ५३ हजार सहयोग हस्तान्तरण गरिएको हो ।

कोषका अध्यक्ष राजेश शाक्य १० हजार, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी ५ हजार, उपाध्यक्ष हरिकृष्ण गौतम १ हजार, उपाध्यक्ष खम थापा २ हजार, सचिव लोकेश पुन २ हजार, सहसचिव सन्दिप खत्री २ हजार, कार्यसमिति सदस्य सचिन शाक्यले १ हजार सहयोग गर्नुभएको छ । कोषको सचिवालयमा आयोजित कार्यक्रममा संविधान सभाका सदस्य रेशमबहादुर बानियाँले पत्रकार राकेश शर्मामार्फत सहयोग हस्तान्तरण गरिएको थियो ।

Gepostet von बेनीअनलाइन – Benionline.com.np News am Donnerstag, 23. Januar 2020

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले म्याग्दी जिल्लामा विपन्नताको कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा कोषमार्फत गरिएका गतिविधि उत्कृष्ट भएको बताउनुभयो ।

उहाँले कोषका अभियानमार्फत भइरहेका सहयोग अयिभानमा आगामी दिनमा समेत सहभागी हुने बताउनुभयो । गत माघ १ गते गाउँमा रुख काट्ने क्रममा घाइते भएका केसीको दुवै खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता राजेश शाक्य, स्वागत प्रथम उपाध्यक्ष गौतम र सञ्चालन सहसचिव खत्रीले गर्नुभएको थियो ।