वेष्ट पोइन्ट मंटेसरी बेनीमा बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । मंटेसरीमा अध्ययनरत करिब ७५ जनाबालबालिकाको नियमित स्वास्थ्य परिक्षण गरिएको हो । विद्यालयले बर्षको दुइ पटक जाडो र गर्मीको समयमा बालबालिकाको नियमित स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ ।

बेनी अस्पातल बेनीका डाक्टरद्वय बिशाल तिवारी र गौरव भट्टले बालबालिकाको स्वास्थ्य परिक्षण गर्नु भएको हो । साथमा न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयकि स्वास्थ्य स्वयम्सेविका झकमाया शेरपुन्जाले औषधी वितरण गर्नु भएको थियो

डाक्टरहरुकाअनुसार थोरै मात्र बालबालिकाहरुको दाँतमा अलि–अलि समस्या र घाँटीको समस्या रहेको बताउनु भयो । बालाबालिकाहरुमा गुलियो खानेकुरा मिठाइ चकलेट आदिका कारण दाँतमा समस्या हुने बताउनु भयो भने चिसो मौसममा सामान्य खोकी र घांटीको समस्या हुने बताउनुभएको छ ।

मौसम चिसो भएकोले घांटी छातीलाई न्यानो राख्न समेत सल्लाहदिनु भएको छ ।स्वास्थ्य परिक्षण शुरु गर्नु पुर्व एक औपचारिक कार्यक्रम समेत सम्पन्नभएको थियो। वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ लगायत अन्य सस्थापकहरुको उपस्थिती रहेको थियो । मंटेसरी शाखाका संयोजक बिपिन बानिया लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य परिक्षण गर्नुहुने डाक्टरद्वयलाई अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले मायाको चिनो प्रदान गर्नु भएको थियो । साथै मंटेसरीमा सरस्वतिपुजाको अवसरमा अक्षारम्भ कार्यक्रम समेत भएकोले स्कुलजाने उमेरका नानिबाबुहरुलाई अक्षारम्भ गराउन समेत अनुरोध गर्नु भएको थियो । अक्षारम्भको अवसरमा भर्ना हुने विद्यार्थीहरुलाई बिशेस छुट हुने समेत बताउनु भएको छ । हालवेष्ट पोइन्ट मटेंसरिले भौतिक लगायत शैक्षिक पुर्बाधारहरुमा व्यापक स्तरोन्नति गर्दै सुबिधा सम्पन्न बनाएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।