म्याग्दी बहुमुखी क्याम्पसको प्रमुखमा गोरख बहादुर जिसी नियुक्त भएका छन् । जिल्लाको सबैभन्दा पुरानो क्याम्पसको सञ्चालक समितिको पदपुर्ती तथा बढुवा उपसमितिको प्रस्तावलाई संचालक समितिले अनुमोदन गरेको हो । क्यूएए फोकल पर्सन समेत रहेका जिसीले आगामी माघ २२ गते क्याम्पस प्रमुखको जिम्मेबारी सम्हालेछन् । हालैमात्र क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।

प्लस टु, स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानविकी संकाय र ब्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्म अध्ययन हुने क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् । करिव ४५ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत र बागलुङबाट समेत अध्ययन गर्न आउने गरेका छन्। शिक्षाप्रेमीबाट करोडौं चन्दा संकलन गरी क्याम्पसको स्थापना गरिएको अवस्थामा प्रमाणपत्र प्राप्त गरेपछि अनुदानका रुपमा समेत करोडौ प्राप्त हुने छ ।

विज्ञापन