बेनी सामुदायिक माविमा विभिन्न भेषभुषा, कला संस्कृती झल्कने प्रतिस्पर्धा गरिएको छ । म्याग्दी जिल्लाभित्रका विभिन्न जातजाती, कला र संस्कृतिको संरक्षण, प्रर्बधन तथा पहिचानमा विद्यार्थीलाई सहभागी बनाउने उद्देश्यले पूर्व प्राथमिक देखि आधारभुत तहसम्मका विद्यार्थी बीच प्रतियोगिता गरिएको हो

प्रतियोगितामा  पूर्व प्राथमिक तहमा अंकित छन्त्याल, कक्षा १–५ मा प्रथम रेमिस्का रोका, सुमिना पुन, द्धितिय अबिशेक पौडेल, तृतिय एमिस्का रोका, कक्षा ६–८ मा प्रथम मोनिका पुन, द्धितिय प्रमिसा भण्डारी भएको विद्यालयका सहायक प्रधानाध्यापक काशिराम रेग्मीले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीलाई आफ्नो भेषभुषासँगै पाठ्यक्रमसँग समेत जोड्ने गरी प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिताको अवसरमा विद्यार्थीलाई जिल्लाभित्रका कला संस्कृतीका बारेमा समेत जानकारी गराइएको थियो । प्रतियोगिताको सञ्चालन टिकानाथ शर्माले गरेका थिए । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित समेत भइसकेको विद्यालयमा शैक्षिकसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिने गरिएको छ।

विज्ञापन