नेपाली टेलिभिजन इतिहासमा सर्वा्धिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ को शुक्रबार साँझदेखि गाला राउण्ड सुरु भएको छ ।

गाला राउण्ड सुरु भएसँगै देशभरबाट १२ प्रतियोगिमा चयन भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रेका नेशन पुन मगरलाई भोटिङ अभियान सुरु भएको छ। सुरुवात देखि नै दमदार प्रस्तुती देखाएका नेशनको आगामी यात्रालाई थप सुरक्षित बनाउन स्वदेश तथा विदेशबाट भोटिङ अभियान सुरु गरिएको अभियानका संयोजनकर्ता मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले बताए ।

‘तपाई हाम्रो सहयोगले एउटा म्याग्देलील नेपाल आइडलको यात्रामा सुरक्षित हुनेछन्,‘यो जिल्लाबासीको लागी सांगितिक क्षेत्रमा ठूलो उपलब्धी हुने छ’ पुनले भने। उनले म्याग्दीका साथै देशभर रहेका म्याग्देलीका साथै विश्वका विभिन्न देशबाट समेत अभियानमा जुट्ने प्रतिबद्धता प्राप्त भएको बताए।

नेपाली संगीत प्रेमीबीच लोकप्रिय रियालिटी सो भएकाले गाला राउण्डबाट दर्शकको भोटिङको आधारमा प्रतियोगीको आगामी यात्रा तय हुनेछ। भोटिङ खुल्ला भएसंगै नेशनलाई भोटिङ अभियान सामाजिक सञ्जालमा समेत तिब्र रुपमा सुरु भएको छ । आगामी सोमबार बिहान ६ः१५ बजेसम्म खुल्ला रहेको भोटिङको आधारमा सबैभन्दा कम मत ल्याउने प्रतियोगी हरेक साताको इपिसोडबाट एलुमिएसनमा पर्ने छन् ।

भोट गर्ने तारीका :-

तपाईको आफ्नो मोबाइलको म्यासेज बक्स (Message Box) मा जानुस् र, NI08 टाईप गरि 37000 मा पठाउनु पर्ने हुन्छ ।

विज्ञापन