म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाका १३ औं अधिवेशनबाट अध्यक्षमा सुनेश केसी चयन भएका छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी,महिला उपाध्यक्षमा सिमा पुन, उपाध्यक्षमा गंगा राज बानियाँ,उपाध्यक्ष कुशल पुन, उपाध्यक्षमा मिन कार्की, उपाध्यक्षमा गोविन्द बानियाँ,महासचिवमा सुमन पौडेल,सचिवद्धय मनिष गौचन, सनम शाक्य, कोषाध्यक्षमा रत्न पौडेल, सहकोषाध्यक्ष रिम भण्डारी रहेका छन् ।

त्यस्तै कार्यसमितिको सदस्यहरुमा विकास केसी, गोमा पुन, कविता पुन, कुमार केसी, भगवान चोखाल, बिद्या शर्मा, दिक्षा गर्वुजा, रमेश कार्की, र भावना पुन रहेको मोना कोरियाले जनाएको छ । अधिवेशनको उद्घाटन मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले गरेका थिए । प्रमुख अतिथि जुग्जालीले मोनामार्फत विश्वभर रहेका म्याग्देलीहरुको एकता र सहकार्यको अभियानलाई तिब्रता दिएको बताउँदै एनसीसीमार्फत रचनात्मक कार्यहरुलाई प्राथमिकता दिनुपर्ने बताए ।

त्यस्तै बिशिष्ट अतिथि मोना कोरियाका संरक्षक विनोद कुँवर, मोना अन्तराष्ट्रियका महासचिव विक्रम कार्की, मोना आइसीका एशिया संयोजक ददीवल खड्का, मोना कतारका अध्यक्ष तिलु शर्मा, मोना जापानका पूर्व अध्यक्ष महेन्द्र बानियाँ लगायतको उपस्थिती रहेको थियो । नवनिर्वाचत अध्यक्ष केसीले मोनामार्फत आफ्नो कार्यकालमा रचनात्मक कार्यलाई प्राथमिकता दिने बताएका थिए ।