नको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आतंकित होइन, सतर्क हुनुपर्ने विज्ञले बताएका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको जोखिमको भयावह हुनाले यसबाट आतंकित हुनुभन्दा सतर्क हुनुपर्ने बताए ।

छिमेकी मुलुक चीनमा महामारीको रूप लिएको भन्दै डा. पुनले नेपाल पनि कोरोना भाइरसबाट प्रभावित हुनसक्ने बताए। केहीदिनअघि चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना भाइरस भएको पुष्टि भइसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।