नेपाल आइडलमा म्याग्दीका नेशनलाई एक भोट दिनुहोस् !

0

नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ को गाला राउण्डको भोटिङ सोमबार विहान सकिदैछ । देशभरबाट १२ प्रतियोगिमा चयन भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रेका नेशन पुन मगरलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले भोटिङ अभियान नै सञ्चालन गरेका छन्।

म्याग्दीमा जन्मिएर पोखरामा सांगितिक यात्रामा रहेका पुनलाई एकल तथा सामुहिक भोटिङको अभियान आइतबार रातभरी र सोमबार विहान ६ बजेसम्म जारी रहने अभियानका संयोजनकर्ता मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले बताए ।

‘तपाईको सहयोग नेशनलाई आवश्यक छ,‘अन्तिम समयमा भोट गरी बाँकी यात्रा सुरक्षित गरिदिनुहोस्’ पुनले भने । उनका अनुसार सोमबार बिहान ६ः१५ बजेसम्म खुल्ला रहेको छ । भोटिङको आधारमा सबैभन्दा कम मत ल्याउने प्रतियोगी आगामी इपिसोडबाट एलुमिएसनमा पर्ने छन् ।

अबको बाँकी यात्रा भोटिङ र प्रस्तुती दुवैमा निर्भर हुने भएकाले पनि म्याग्देली गायकलाई नेपाल आइडलको यात्रामा सुरक्षित गर्न अपिल गरिएको छ । नेपाली संगीत प्रेमीबीच लोकप्रिय रियालिटी सो भएकाले गाला राउण्डबाट दर्शकको भोटिङको आधारमा प्रतियोगीको आगामी यात्रा तय हुनेछ।

भोट गर्ने तारीका :-

तपाईको आफ्नो मोबाइलको म्यासेज बक्स (Message Box) मा जानुस् र, NI08 टाईप गरि 37000 मा पठाउनु पर्ने हुन्छ ।

Leave a Reply