घरमै पालेको कुकुरले बच्चाको गुप्ताङ्ग खायो

0

तपाईहरुले यदि घरमा कुकुर पाल्नु भएको छ भने निकै सजक हुनु पर्ने भएको छ । आफ्नै घरमा पालेको कुकुरले घरकै वालवालीकाहरुलाई सुताएको समयमा टोकेर मासु नै खान्छ भनेर कसलाई पो थाहा हुन्छ र ! सावधान ! सोमवार यस्तै घटना भएको छ कालिकोट जिल्लाको राष्कोट नगरपालिकाको वडा नम्वर ३ साँगटियामा ।

हर्ष दर्जि र संगीता दर्जिका ३ महिने छोरा अविनास दर्जि कुकुरको टोकाईको सिकार भएका हुनु ।घरमै सुताएर आमा वुवाहरु घरको काममा वाहिर गएको समयमा घरमै पालेको कुकुरले तीन महिने वालक अविनासको गुप्ताङ्ग सवै क्षद विक्षद गरि खाईदिएको छ ।

वालक अविनास भने गम्भीर घायल अवस्थामा आमा वुवाले भेटाएका छन । उनको उचार गाउँमा हुन नसके पछि जिल्ला अस्पताल मान्म ल्याइदै छ ।सम्भवत जिल्ला अस्पतालमा पनि उपचार हुन सक्ने अवस्था नभएको स्थानीय स्वास्थ्यकर्मीहरुले वताएका छन ।

घर परिवार आर्थिक अवस्थामा निकै कमजोर र गरिव भएकाले टाढा लिएर उपचार गर्न कठिनाई भएको अविनासका वुवा हर्ष दर्जिले वताउनु भएको छ । बुवा दर्जिले घटना हेर्दा निकै गार्हो भएको भन्दै भावुक भएर आफ्नो सन्तानलाई वचाइदिन सवैमा सहयोगको अपिल गर्नु भयो ।घाईते अविनासकी आमा संगीताले घरका सवै मान्छे कामका लागि घर वाहिर भएको वेला कहिलै यस्तो नगर्ने कुकुरले छोरालाई क्षद विक्षद पारेर गुप्ताङ्ग खाएको दुखेसो पोख्नु भयो ।

उहाँले आखाँ वाट आँसु झार्दै मेरो छोरा वचाई दिनु होस् , म गरिव घरपरिवारको मान्छे हु , सवैले सहयोग गरिदिनु होस् भन्दै अनुनय विनय गर्नु भयो ।

Leave a Reply