बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

0

बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार र बिहीबार धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनु भयो ।

उहाँका अनुसार पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ । तर लगातार झरीको सम्भावना भने कतै पनि नरहेकाे उहाँले बताउनु भयाे ।

बुधबार मध्य र पूर्वको मौसम दिउँसो एकैछिन खुल्दै बादल लागेर थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाे मौसमविद् पौडेलले जानकारी दिनुभयाे ।यस्तै बुधबार दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुने उहाँको अनुमान छ । आउँदाे शुक्रबारदेखि भने मौसम खुल्दै जाने उहाँले जानकारी दिनुभयो । unn.com.np

Leave a Reply