सापकोटा सभामुख पदमा रहन योग्य, सर्वोच्चले भन्यो यस्तो…

0

सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध युद्धकालमा हत्या आरोप लागेको भन्दै उनलाई सभामुख बनाउने  सत्तारूढ नेकपाको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटा सभामुख पदमा निर्वाचित भई शपथ लिएर पदभारसमेत गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन भन्ने आदेश दिएको हो । सोमवार उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । मंगलवार पक्ष र विपक्षका वकिलको बहसपछि यस्तो आदेश भएको हो । राजधानी दैनिकमा खबर छ।

Leave a Reply