मोना कतारका सांस्कृतिक विभाग संयोजक महेन्द्र बोहोरालाई विदाई गरिएको छ । मोना कतारले केहीबर्ष कतारमा रोजगारी गरी फर्किएका बोहोरालाई एक कार्यक्रम गरी म्याग्दी प्रवासि नेपाली संघ (मोना) अन्तर्रा्ष्ट्रिय कार्यकारी समितीका महासचिव बिक्रम कार्किको प्रमुख आतिथ्यतामा विदाई गरेको हो ।

संस्थाका उपाध्यक्ष नरेन्द्र फगामिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोहोरालाई कदर पत्रले सम्मान गरीएको थियो । सम्मान ग्रहण पछि बोल्दै बोहोराले कतारमा म्याग्देलीको एकताबाट धेरै सिक्ने अवसर पाएको बताए । उनले कतारमा बसाई विट मादैं कुवेत तर्फ प्रस्थान गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कार्कीले विश्वभर रहेका म्याग्देली बीच एकता र सहकार्यका लागि मोना आइसीले निरन्तर प्रयास गरिरहेको बताए । उनले मोनामार्फत आवद्ध भएर जन्मभूमिका हुने कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरेका छन् । संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्मा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव थम कुमार गिरीले गरेका थिए ।