वेष्ट पोइन्ट कलेज बेनीमा पाचौं आइबीकप फुटबल र बास्केटबल शुरु भएको छ । कलेजमा गठित बिबिएस तहमा अध्ययनरत विद्यार्थीहरुको आईबीक्लबले प्रतियोगिताआयोजना गरेको हो ।

प्रतियोगिता एक कार्यक्रमकाबीचशुक्रबार शुरु भएको हा ।प्रतियोगितामाकक्षा ८ देखि बिबिएस सम्मका विद्यार्थीहरुले भाग लिएका छन साथै सो प्रतियोगितामापुर्व विद्यार्थी र क्लबका २ टिम गरि १४ टिम सहभागी भएका छन् । छात्रा बास्केटबल प्रतियोगितामा ५ टिम सहभागी भएका छन् । आइतबार फाइनल सम्पन्न गर्नेगरि शूरु भएको प्रतियोगिता एक कार्यक्रम गरि शुभारम्भ गरिएको हो ।

वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दीप्रालिका संस्थापक निर्देशक सुबासकुमार श्रेष्ठले रेफ्री संयोजक, मुख्य रेफ्रीतथा खेल शिक्षकदिपेन राइलाई बल तथा सिट्ठि हस्तान्तरण गर्दै उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा प्रमुखआतित्यथा मन्तब्य ब्यक्तगर्दै उहाँले क्लबले कलेज भित्र र बाहिर गरेक कार्यको प्रशंसा गर्नु भयो।क्लबले अझै प्रभावकारी संयोजन गर्दै रचनात्मक कार्य गर्न समेत सुझाव दिनु भयो ।

कार्यक्रममा संस्थापक निर्देशक कृष्ण प्रसाद श्रेष्ठ शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी छात्रा बास्केटबल प्रतियोगिताशनिबार बिहान देखि संचालनहुने क्लबका सचिव सज्जनश्रेष्ठले बताउनु भएको छ ।

कार्यक्रम क्लबका उपाध्यक्ष आयुमी थापाको अध्यक्षता, सचिव सज्जन श्रेष्ठ र सह सह कोषाध्यक्षनिरुता बुढाथोकीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो । औपचारिक कार्यक्रम सम्पन्न भए लगत्तै संचालन भएको उद्घाटन खेलमा कक्षा १२ ए ले कक्षा ९ लाइ ५ गोल अन्तरले जितेको छ भने आजै १.० बजे पछि ४ खेल सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।