अस्पतालबाट कोरोनाका शंकास्पद २ बिरामी भागे, अस्पताललाई पत्तै छैन

0

कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिरहेका बेला भारतको राजस्थान राज्यको उदयपुर शहरको एक अस्पतालमा चरम लापरवाही भेटिएको छ ।

दैनिक भास्करका अनुसार ३१ जनवरीमा यहाँको आरएनटी मेडिकल कलेजको एमबी अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा भर्ना गरी आइसोलेसन वार्डमा राखिएका ३० वर्षका पुरुष र २९ वर्षकी महिला बिरामी ४ सय किलोमिटर टाढाको अर्को शहर जयपुर पुगे । उनीहरु केही नभनी उठेर हिँडेको र यस विषयमा अस्पताल प्रशासनलाई पत्तै नभएको समाचारमा उल्लेख छ ।

विमानस्थल प्रशासनको अलर्टपछि भर्ना गरिएका यी दुई बिरामीलाई जाँच रिपोर्ट आउँदाम्म आइसोलेसन वार्डमा राख्न सरकारले आदेश दिएको थियो । यो घटनाले अस्पतालको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । राज्य सरकारको चिकित्सा विभागले यस विषयमा तथ्यगत रिपोर्ट मागेको छ । जिल्ला कलेक्टर आनन्दी र राज्य स्वास्थ्य अधिकारी डा. दिनेश खराडीले समेत अस्पताल अधीक्षक डा. आरएल सुमनसँग लिखित स्पष्टीकरण लिएका छन् ।

शंकास्पद बिरामी युवक राजस्थानकै भरतपुरको र युवती चीनकी भएको बताइएको छ । उनीहरु चीनबाट उदयपुर आएका थिए । अस्पतालबाट निस्किएपछि उनीहरु ट्याक्सी लिएर जयपुर गएका थिए । जयपुरमा उनीहरुलाई खोजेर एसएमएस अस्पतालमा भर्ना गरिएको छ ।

Leave a Reply