श्री एयलायन्सको पोखरा–काठमाडौं हवाइभाडा २६ सय

0

श्री एयरलाइन्सले पोखरा–काठमाडौं सम्मका लागि २६ सय रुपैयाँ भाडादर कायम गरेको छ । त्यस्तै, काठमाडौं— पोखराका लागि भने २ हजार रुपैयाँ भाडा कायम गरिएको जनाइएको छ ।  आक्रमक बजार तथा सेवा विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौंको भाडादर अहिलेसम्मकै सबैभन्दा कम राखेको हो ।

त्यसैगरी, श्रीले काठमाडौं–पोखरा २ हजार रुपैयाँमै उडाउने भएको छ ।पोखरामा अहिलेसम्म यति र बुद्धको एकाधिकार थियो । उनीहरुले पोखराबाट काठमाडौं आउँदा ५ हजार ५० रुपैयाँसम्म लिने गरेका थिए । तर, श्रीले आधा मूल्यमै पोखराबाट काठमाडौं ल्याउने भएको हो ।

श्रीले यही शुक्रबारबाट पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिने भएको छ ।  ८० सिट क्षमताको जहाजले यस अघि नै परीक्षण उडान सफल गरिसकेको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिना अघि क्यू ४०० जहाज ल्याएको थियो । खासगरी, जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा दिने गरी यी जहाज ल्याइएको हो ।   Source:capitalnepal.com

Leave a Reply