रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देलीको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, शिखको स्वाँतका प्रेम पाईजा पुनको मृत्यु भएको हो । मलेसियाको जोहोमा काम गदैं आइरहेका पुनको मृत्यु भएको त्यहाँ रहेका नेपालीले बताएका छन् । मलेसियाको पेराकमा काम गदैं आइरहेको अवस्थामा केही समय अगाडी मात्रै कम्पनीबाट सरेर गएको बताइएको छ ।

मृतकका बारेमा जानकारी प्राप्त भएकाले आवश्यक कागजातको तयारी भइरहेको वडा अध्यक्ष दिनेशकुमार पुनले बताए । उनका अनुसार शव ल्याउने तथा अन्य कानुनी प्रक्रियाका लागि वडामार्फत पहल भइरहेको बताए। उनले श्रीमतिले नाता प्रमाणित गरेर पठाएको बताए । आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न समेत अध्यक्ष पुनले अनुरोध गरे । मृतकको शब नेपालमै ल्याएर अन्तेष्टी गरिने छ । मृत्युको कारण खुलेको छैन् ।