पेट्रोलमा १ रुपैयाँ घट्दा फेरि बढ्यो ग्याँसमा २५ रुपैयाँ

0

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा एक रुपैयाँ लिटरमा मुल्य घटाएको छ भने खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले टिभी अन्नपूर्णलाई जानकारी दिएका छन । आजै राती १२ बजेदेखी हेरफेर भएको मुल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।

Leave a Reply