अछाममा वडा अध्यक्षको हत्या

0

अछाममा एक जना  वडा अध्यक्षको हत्या भएको छ।जिल्लाको पूर्वमा पर्ने पञ्चदेवल विनायक नगरपालिका-२ का अध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। मंगलबार बिहान धामीको घरदेखि दुई सय मिटर परको भैंसीगोठमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान भइरहेको छ। धामीलाई कुटेर हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ। उनको टाउकोमा चोट देखिएको छ।४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। हत्या कसले र किन गरेको भन्ने विषयमा खुल्न नसकेको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक भारतीले बताए। Source: Setopati.com

Leave a Reply