उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिका–४, नारच्याङमा सम्पन्न भएको प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको भलिबलमा दोबा र नारच्याङ विजय भएका छन भने राम्चेको उत्कृष्ट खेल प्रर्दशन गदैं विभिन्न विधामा बर्चस्व कायम गरेको छ। मंगलबार सम्पनन भएको प्रतियोगितामा राम्चेले प्रौढ भलिबल र बास्केटबलमा प्रथम भएको अन्नपूर्ण यूवा क्लव नारच्याङका अध्यक्ष श्याम पूर्जाले बताए।

उनका अनुसार पुरुष बास्केटबल प्रतियोगितामा वडा न. ४ नारच्याङलाई ७६ का विरुद्ध ७९ स्कोर गर्दै राम्चे प्रथम भएको थियो भने प्रौढ भलिबलमा वडा न. ७ हिस्तानलाई पराजित गर्दै राम्चे नै विजय भएको बताए । पुरुष भलिबलमा वडा न ३ दानालाई एक का विरुद्ध ३ सेट आफ्नो पक्षमा पार्दै वडा न. १ दोवा बिजयी भएको छ । उक्त प्रतियोगिता वेष्ट अफ फाइभमा खेलाइएको थियो ।

त्यस्तै महिला भलिबलमा वडा न. ४ नारच्याङ प्रथम र वडा न. ३ दाना दितृय भएको छ । दानाका खेलाडीलाई भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले अभ्यास गराएका थिए । प्रतियोगितामा दानाका खेलाडीको खेल तुलनात्मक रुपमा विगतमा हुने प्रतियोगिताभन्दा धेरै स्तरीय देखिएपनि उपाधी भने जित्न सकेनन् । त्यस्तै सामुहिक नृत्यमा वडा न. २ भुरुङ–तातोपानी प्रथम र वडा न. २ दोवा दितृय भएका छन् ।

एकल नृत्यमा शिखकी गिता तिलीजा प्रथम र नारच्याङकी सात्ना तिलिजा दोस्रो भएका छन् । प्रौढ भलिबलमा बिजेतालाई ३५ र उपबिजेतालाई २५ हजार रुपैयाँ, पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई क्रमश ७५ हजार र ५० हजार रुपैयाँ, महिला भलिबलको बिजेता र उपविजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार प्रदान गरिएको थियो ।

त्यस्तै सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई १० हजार र उपबिजेतालाई ६ हजार रुपैया पुरस्कार दिइएको छ। विजेतालाई संबिधानसभा सदस्य रेशमबहादुर बानिया, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष केशमाया मगर लगायतले सम्मान गरेका थिए । तस्वीर सौजन्य:सन्तोष गौतम

विज्ञापन