प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री गगन थापाले सरकार र प्रतिपक्ष ठिक दंगले नचलेको बताएका छन् । नेपालीको अवस्था परिवर्तन गर्ने सबैले काम गर्ने तौर तरिका बदल्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत थापाले बताए ।म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्यामा आयोजित महोत्सवमा सरकारले गरेका काम र संसदमा कानुन बनाउन प्रस्तुत गरेका बिधेयकले राम्रो संकेत नगरेको बताए ।

‘नेपालको गरिबी र बेरोजगारीको समस्या हटाउन यो पुस्ताले अन्तिम पटक मेहनत गर्नुपर्छ’ थापाले भने। उनले राजनीतिक स्थिरता भएको बेला गरिबी, बेरोजगारी, भ्रष्ट्राचार जस्ता समस्या हटाउने उयुक्त अवसर भएको बताए ।

‘ठूलो सपना देख्ने भन्दा पनि स्थानीय स्तरमा सम्भव भएका र तत्काल सुधार गर्न सकिने कामबाट सुरु गर्नुपर्छ’थापाले भने ।गाउँमा पुगेका विकासको पूर्वाधार तथा सुबिधा उपभोग गर्ने जनसंख्यालाई टिकाई राख्नु अहिलेको मुख्य चुनौीत भएको थापाको भनाई छ ।

स्थानीय तहहरुले युवालाई रोजगारिसंगै विकासमा परिचालन तथा ब्यवसाय, उद्यममा अग्रसर बनाएर स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताए। कार्यक्रममा संबिधानसभाका सदस्य रेशमबहादुर बानिया र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविरलाई म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य स्थल बनाउन जोड दिए ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगंगा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको समन्वयमा कालीदह क्षेत्रमा नयाँ पर्यटकीय स्थल बनाउन लागिएको बताए । टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्रमण वर्षसंगै पर्यटकीय गतिबिधि बढेकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

सञ्चालित प्रथम अन्नपूर्ण पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज टे«ल” पदमार्ग सञ्चालनको लागि अन्नपूर्ण गाउपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर महोत्सव आयोजना गरेको हो ।

पाँच दिनसम्म सञ्चालन भएको महोत्सवको अवसरमा अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तरगत वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिएको प्रचारप्रसार समितिका संयोजक कृष्णप्रसाद बरुवालले बताए ।

अन्नपूर्ण आधार शिविर लगायत धार्मिक, पर्यटकीय स्थलको तस्बिर र वृत्तचित्र प्रर्दशनी गरिएको थियो । गाउँपालिकामा बसोबास गर्ने मगर, थकाली, क्षेत्री, दलित समुदायको मौलिक पहिचान झल्कने नृत्य र गित प्रस्तुत भएको थियो । गाउँपालिकाले तयार पारेको मौरिस हर्गोज पदमार्गको नक्सा सार्वजनिक गरिएको थियो । आठ वर्षअघि विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग पहिचान भएको थियो ।

सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । महोत्सवको माध्यमबाट नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु सफल भएको गाउँपालिका अध्यक्ष पुनले बताए।

महोत्सवको अवसरमा अन्नपूर्ण आधार शिविर लगायत पर्यटकीय स्थलहरुको वृत्तचित्र र तस्बिर प्रर्दशनी, कृषि, हस्तकला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी गरिएको थियो । कृषि मेला प्रर्दशनीमा सहभागी उत्कृष्ट कृषक तथा उद्यमीहरुलाई तीन÷तीन हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनेहरुमा पुनहिल बाख्रा फार्मका पूर्ण पाइजा, फगामका नर्सरी कृषक जोगबहादुर विश्वकर्मा, दिलमाया पुन, राम्चेका किबी कृषक बिक्रम पुर्जा, चिज उत्पादक यामबहादुर पुर्जा, गाडपारका खेमबहादुर तिलीजा, दोवाका लालिगुराँस र नागीको बाराहीमाता महिला उद्यमी समूहलाई पुरस्कृत गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र स्वागत गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले गरेका थिए ।