अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा ३४ स्थानको फड्को  मार्दै  नेपालले ८७औँ स्थानमा आइपुगेको छ  ।

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो ।  यस अघि महिला भलिबल विश्व वरियतामा नेपाल १ सय २१ औं स्थानमा थियो ।

एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क रहेको छ ।