नेपाल ग्यास उद्योग प्रालिले म्याग्दीको सदरमुकाम बेनीमा बिक्री शुभारम्भ गरेको छ। काठमाण्डौ लगायतका ठूला सहरमा उपभोक्ताको मन जित्न सफल कम्पनीले मोफसलमा समेत सेवा विस्तार गर्ने क्रममाबेनी नगरपालिका वडा नं ७ संगमचोकमा रहेको पिएल स्टोरलाई आधिकारिक विक्रेता नियुक्त गरेर बजार विस्तार गरेको हो ।

शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आइरहेको अवस्थामा बेलाबेलामा एलपीजी ग्यासको अभाव हुन थालेपछि गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिह्नसमेत पाएको नेपाल ग्यासको बिक्री सुरू भएको पिएल स्टोरका सञ्चालक राजेश शाक्यले बताए । उनले बेनीमा करिव १ हजार एलपीजी ग्यासको सिलिन्ढर उपलब्ध गराउन सकिने बताए ।

बेनीबजारमा हाल शक्ती र गृहलक्ष्मीले ग्यास वितरण गदैं आइरहेको अवस्थामा ग्यास उत्पादनमा नेपालको ठूलो हिस्सा ओगट्न सफल नेपाल ग्यास समेत वितरण गरिएको सञ्चालक शाक्यले बताए ।

सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्यासका कारण काठमाडौँ लगायत ठूला सहरमा पहिलो रोजाइमा रहेको छ । ग्यासले उपभोक्ताको सुरक्षाका लागी आवश्यक पर्ने सावधानी सहित विभिन्न समयमा जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेको छ । पछिल्लो समय जिल्लाको ग्रामिण क्षेत्रमा दाउराको विकल्पमा बजारबाट ग्यास खरिद गरेर लैजाने गरिएपछि एलपीजी ग्यासको माग ह्वात्तै बढेको छ ।