दरबाङमा नमुना झोलुङ्गे पुल निर्माणसम्बन्धी तालिम सुरु

0

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा बुधबारदेखि नमुना झोलुङ्गे पुल निर्माणसम्बन्धी तालिम सुरु भएको छ । धवलागिरी तथा मालिका गाउँपालिकाको आयोजना, झोलुङ्गे पुल सहयोग इकाई (टिबिएसयु) र प्रदेशस्तरीय प्राविधिक सेवा प्रदायक (पिटिएपि) पोखराको सहयोग तथा मिलन म्याग्दीको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले भौगोलिक विकटता र सडकको पहुँच नपुगेको ठाउँमा स्थानीयलाई आवतजावत गर्न झोलुङ्गे पुलले सहयोग पु¥याउने बताए । उनले मालिका र धौलागिरी गाउँपालिकामा धेरै झोलुङ्गे पुलको आवश्यकता रहेको बताउँदै विगतमा निर्माण गरिएका पुलको मर्मतसम्भार तथा संरक्षण गर्न स्थानीयवासीलाई सुझाव दिएका छन् ।

उनले विगतमा पनि जिल्ला समन्वय समिति र तत्कालीन जिविसमार्फत झोलुङ्गे पुल निर्माणमा सहयोग पु¥याइएको हुँदा आगामी दिनमा समेत सहयोग गर्ने बताए ।धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले तालिममा सक्रियतापूर्वक भाग लिई ज्ञान, सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका छन् ।

टिबिएसयु पोखराका प्रदेश प्रवन्धक दिनेशप्रसाद पाण्डेले म्याग्दी जिल्ला झोलुङ्गे पुल निर्माणकार्यमा उदाहरणीय रुपमा अगाडि बढेको बताउँदै गाउँपालिकामार्फत पहिलोपटक नमुना झोलुङ्गे पुल निर्माणसम्बन्धी विषयमा स्थानीयलाई तालिम आयोजना गरिएको बताए । मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले दुर्गम तथा विकट वडामा स्थानीयवासीको सहजताका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई प्राथमिकता दिइएको बताइन् ।

आगामी एक हप्तासम्म चल्ने तालिममा मालिका र धवलागिरी गाउँपालिकाका गरी ३६ जना स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको छ । तालिमको पिटिएपि पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारी, मिलन म्याग्दीका प्राविधिकद्वय राजु लोहनी, यामबहादुर विश्वकर्मा र सामाजिक सुपरीवेक्षक छवि पूर्जाले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

तालिममा झोलुङ्गे पुलसम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण गरिने बताइएको छ । कार्यक्रम मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षता र मिलन म्याग्दीका सामाजिक सुपरीवेक्षक छवि पूर्जाको सञ्चालनमा सम्पन्न भएको थियो । चालु आर्थिक वर्षमा मालिका र धवलागिरीको विभिन्न स्थानमा पाँच÷पाँच वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।

Leave a Reply