अमेरिकाको न्यूयोर्कमा कारको ठक्करबाट ज्यान गुमाएका एक नेपालीको परिवारलाई साढे २१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिएको छ । रोजगारको सिलसिलामा २ बर्ष अगाडि पुगेका म्याग्दीको मालिका गाउँपालिका–१,निकास्कोटका ३७ बर्षिय खिम सेतीमहरको परिवारलाई म्याग्दी समाज न्युयोर्कको पहलमा संकलन भएको २१ लाख ५७ हजार ६० रुपैयाँ शुक्रबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा समाजसेवी पृथीप्रसाद पुनले स्वर्गीय सेतीमहरकी धर्मपत्नी धनकुमारीलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी पुनले न्यूर्योगमा रहेका म्याग्देलीको सहकार्यसँगै समाजिक तथा मानवीय कार्यलाई नजिकबाट हेर्ने अवसर मिलेको बताउनुभयो ।

उहाँले प्राप्त सहयोग रकमलाई सदुपयोग गरेमात्रै सहयोगदाताको सम्मान हुने बताउनुभयो। गतबर्षको सेक्टेम्बर ३० तारिखमा न्यूयोर्कको हिक्सभिलको इस्ट ओल्ड कन्ट्री रोड र साउथ ब्रोडवेको इन्टरसेक्सनमा कारको ठक्करबाट घाइते सेतीमहरको आईसीयुमा भर्ना गरिएको अवस्थामा म्याग्देलीले पहल सहित आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए ।

Gepostet von बेनीअनलाइन – Benionline.com.np News am Freitag, 7. Februar 2020

महरको उपचारको क्रममा नासु युनिभर्सिटी मेडिकल सेन्टरमा ज्यान गएको थियो । सहयोग रकम बुझ्दै धनकुमारीले एक पैसा पनि दुरुपयोग हुन नदिने बताउनुभयो । उहाँले तीनछोराछोरीको शिक्षादिक्षालाई आधार बनाउने गरी सहयोग रकमलाई सुरक्षित गर्ने बताउँदै छोराछोरीको कोष बनाउने बताउनुभयो ।

धन कमाउने सपना बोकेर अवैधमार्ग हुदै अमेरिका पुगेका श्रीमानको दुर्घटनामा ज्यान गएपछि परिवारको विचल्ली भएको बताउँदै सहयोगले केही अगाडी बढ्न सहज हुने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दी समाज न्यूर्योगका अध्यक्ष भविन शेरपुञ्जा, सचिव याम पुन सहित सहयोग अभियानको नेतृत्व गरेकाहरुको सन्देश पूर्ण बहादुर पुनले जानकारी गराउनुभएको थियो ।