गएको सोमबार श्रीमतिले समुन्द्रपारी रहेका बेनी नगरपालिका–९ घतान धुबिकोटका कमल कार्कीलाई छोरासहित विभिन्न स्थानमा खिचेका विभिन्न तस्बीर सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना पोस्ट गरिरहदाँ खत्रीले संसार छोडिसकेका थिए ।

धन कमाउने मिठो सपना बोकेर कतारमा पुगेका कार्की शनिबार राती कोठामा सुतेका कार्की आइतबार विहान सुतेको सुतै (हृदयाघात) भएर ज्यान गएको हो । लगातार परिवारसँगको सम्पर्कमा रहने कार्काी जन्मदिनमा आफ्नो परिवार, आफन्त र साथीहरुबाट शुभकामना सन्देश समेत लिन पाएनन्। परदेशमा केहीले राम्रै कमाइ गरेर घरपरिवारलाई सुखी बनाउने कार्कीको सपना चकनाचुर भएको छ।

अचेत अवस्थामा भेटिएका कार्कीको उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेपछि कानुनी प्रक्रिया सहित आवश्यक कागजात मिलाएर नेपाल पठाएपछि मात्रै परिवारलाई जानकारी दिइएको मोना आइसीका महासचिव विक्रम कार्कीले बताए। ‘फेरी एउटा म्याग्देलीलाई गुमाउनुपरेको छ,‘कम्पनीमार्फत आफन्तले शब नेपाल लगिसक्नुभएको छ’ कार्कीले भने।उनले सुतेकै अवस्थामा मृत्युको घटना न्यूनिकरणका लागी जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए ।

‘पीडादायी अवस्थाबाट पाठ सिक्नुपर्ने छ,‘कतारमा ज्यान गुमाउने नेपालीमा अधिकांस दुर्घटना र हृदयाघात रहेको बताए । यता मोना कतारले ज्यान गुमाएका कार्कीको श्रद्धाञ्जली सभा गर्ने अध्यक्ष तिलु शर्मा पौडेलले बताए । उनले कतारमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध भएर आफ्नो सम्पूर्ण जानकारी उपलब्ध गराउन समेत अनुरोध गरे । कुनैपनि बेला समस्या भएमा तत्कालै मोनामार्फत सहयोग गरिने उनको भनाई । मृतक कार्कीको शनिबार अन्तेष्टी गरिने छ।

मोना कतारले आकस्मिक कोषबाट सहयोग गर्ने
मोना कतारको आकस्मिक अक्षय कोषबाट सहयोग गर्ने छ। मोना कतारका अध्यक्ष पौडेलका अनुसार कतारमा आपत्पमा परेका, मृत्यु तथा दुर्घटनामा परेकालाई सहयोग गर्ने कोषमार्फत ५ सय कतारी रियल, संस्थागत बाहेक ब्यक्तिगत सहयोग संकलन गरी बालबालिकाको शैक्षिक सहयोग गरिने बताए । उनले मृतकको मृत्युप्रमाणपत्र सहित आवश्यक कागजात संकलन एनआरएनए कतारलाई समेत सहयोग गर्ने गरेको बताउँदै एनआरएनएसँग समेत पहल गर्ने बताए ।