सय रुपैयाँ चाेरी गरेको निहुँमा ८ घण्टा बन्धक बनाएर निर्घात कुटपिट

0

उँको एक किराना पसलबाट पैसा चोरी गरेको निहुँमा एक वडाध्यक्षले दुई बालकलाई ८ घण्टा बन्धक बनाएर निर्घात कुटपिट गरेको कुरा बाहिर आएको छ। वडाध्यक्षको कुटपिटबाट बालकको नाक, ढाड र छातीमा गम्भीर चोट लागेको छ।

धनुषाको सबैला नगरपालिका ९ का वडाध्यक्ष सुशिलकुमार रायले किराना पसलबाट सय रुपैयाँ चोरेको निहुँमा स्थानीय अनाथ बालक सुरज महतो र बिल्टु मुखियालाई कुटपिट गरेको आरोप लागेको छ। बालकलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालयमा वडाध्यक्ष रायविरुद्ध उजुरी दर्ता भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

Leave a Reply