प्रेमी नै यमराज बनेपछि सम्झना अब सम्झनामै सीमित

0

मोरङको विराटनगर वडा नं. १२ बखरीको उखुबारीमा हत्या गरेर फालिएकी युवतीको हत्या उनकै प्रेमीले गरेको मोरङ प्रहरीले जनाएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नं. ६ की सम्झना खत्री परियारको हत्या गरेको आरोपमा उनको प्रेमी सप्तरीको कृष्णश्रवण गाँउपालिका घर भई मोरङ बुढीगंगा गाँउपालिका वडा नंं. ३ बस्ने सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या गरेर फालिएकी सम्झना खत्री परियार र साहबीच विगत ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेपछि साहलाई पक्राउ गरी सोधपुछ गरिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

साहलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइएको छ । यसैगरी मोरङ प्रहरीले रंगेली नगरपालिकाको संसारी माई स्थान मन्दिरको चोरी भएको गहनासहित रंगेली वडा नं. ३ का भुवन पराजुलीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।माघ २२ गते संसारी माताको मूर्तिको टाउकोमा लगाउने चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश र छोटी माताको पूरानो मूर्ति चोरी भएको थियो । चोरिएको गहनाहरुको मूल्य करीब ११ लाख ३५ हजार रुपैया रहेको बताइएको छ ।

Leave a Reply