उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सोमबार युनियन लाइफ इन्स्युरेन्स कम्पनीले बिमितका परिवारलाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ । बैदेशिक रोजगारको क्रममा साउदीमा ज्यान गुमाएका भक्तबहादुर पुर्जाकी श्रीमति देवी पुर्जालाई मृत्यु दावी वापतको १४ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको बेनी शाखा प्रमुख सुजन बरुवालले बताए।

उनका अनुसार पुर्जाले बिदेश जाने क्रममा म्यादी बिमा गरेका थिए । कम्पनीका नायब क्षेत्रीय प्रबन्धक बलराम गौतमले चेक हस्तान्तरण गरेका थिए । गाउँपालिकाका सल्लाहकार बेलबहादुर पुर्जा,एजेन्सी म्यानेजर झकबहादुर छन्त्याल, वडा सदस्य रुद्रबहादुर तिलिजा लगायतकोउपस्थिति थियो । म्यादी विमामा युनियन लाइफको सेवा निकै लोकप्रिय रहेको छ ।