जिल्लाको सदरमुकाम बेनीबजारस्थित खुल्ला मञ्चलाई मिनी रंगशाला बनाउने बेनी नगरपालिकाले १ करोड नगरसभाबाट स्विकृत गरिएको छ । जिल्लाको सदरमुकाम बेनीमा रहेको खुल्लामञ्चलाई मिनी रंगशाला बनाउने विगतको अभियानमा सोमबार छैँठौ नगरसभाबाट १ करोड विनियोजन भएको नगरपालिका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।

साँधुरो खेलमैदानलाई विस्तारको कार्य तिब्रताका साथ अगाडी बढिरहेको अवस्थामा नगरसभाबाट स्वीकृत बजेटले थप योजनाहरु अगाडी बढाउन सहज हुने बताइएको छ । विगतमा जिल्ला खेलकुद विकास समिति, बेनपा वडा नं ७ जिल्ला समन्वय समिति, नगरपालिकाको आन्तरिक स्रोतका साथै स्थानीयको सहभागीतामा खेलमैदान निर्माणको कार्य अगाडी बढेको छ ।

नगरसभामा विभिन्न सडक सहितका पूर्वाधार विस्तारमा समेत बजेट विनियोजन गरिएको छ । अध्ययन परामर्श शिर्षकमा ६० लाख र फोहोर ब्यवस्थापनको १५ लाख रुपैयाँ समेत स्वीकृत गरिएको छ । खुल्लामञ्चमा मर्मतसम्भार गरी ७ फिट अग्लो तारबार गरिसकिएको छ भने खुल्लामञ्चमा रहेको मन्दिर, पुल लगाएतका संरचनाहरु आसपासमा थप विस्तारमा समेत जोड दिइएको छ । आधादशक अगाडीसम्म खुल्लामञ्चमा जिल्लास्तरीय खेलकुदका साथै राजनीतिक दलका कार्यक्रम, धार्मिक कार्यहरु समेत हुने भएपनि पुर्वाधार विस्तार र स्तरउन्नतीमा चासो देखाएका थिएनन् ।

खुल्लामञ्चको प्याराफिल लगाएतका पुर्वाधारहरु जिर्ण अवस्थामा रहेकाल दुर्घटनाको जोखिम अहिले हटेको छ । नगरसभाबाट पारित गरिएको योजना सहितको विवरण सार्वजनिक गरिएको छैन् । नगरसभाको अध्यक्षता मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल, १० वटै वडाका अध्यक्ष, नगरसभा सदस्य लगायतको उपस्थिती रहेको थियो । पत्रकार धिरेन खत्रीको सहयोगमा