१४ वर्षे बालककाे जीउभरि लागू*औषध, प्रहरीले लियाे नियन्त्रणमा

0

एक जना १४ वर्षे बालकलाई शरीरभरि लागूऔषध बोकेर ल्याउँदै गर्दा पक्राउ गरिएको छ । धरानका ती बालकले शरीर भरि टेपले बाँधेर लागूऔषध ल्याउदै गरेको आशंकामा विराटनगर वडा नं. १२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट २५ सेट एभिल, २५ सेट डाईजेपम र २५ सेट नरफिन गरी ७५ सेट लागूऔषध बरामद गरिएको छ । तीन महिना देखि लागूऔषधको लतमा लागेको ती बालकलाई जोगबनीबाट तस्कर गिरोहले प्रयोग गरेर लागूऔषध ओसारपोसार गर्न खोजेको हुन सक्ने मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply