एनआएनए हङकङले निःशुल्क सर्जिकल मास्क वितरण गर्ने
गैरआवासीय नेपाली संघ, हङकङले कोरोना भाइरस लाग्न नदिन निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ ‘टिका’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए हङकङले सर्जिकल मास्क वितरणको मिति, स्थान र समय चाँडै तय गर्ने जानकारी दिएका छन्।

कोरोना भाइरसबाट हङकङ लगायतका देशहरु प्रभावित भइरहेको सन्दर्भमा एनआरएनए हङकङले सर्जिकल मास्क निःशुल्क वितरण गर्न लागेको उनको भनाई छ ।  म्याग्दी प्रवासी नेपाली संघ मोना आइसीकी पूर्व उपाध्यक्ष समेत रहेकी गुरूङले प्रभावित देशहरुमा सक्रियता देखाउन नेपालीलाई अपिल समेत गरेकी छन् ।

हङकङमा सो भाइरसको संक्रममणमा अहिलेसम्म कोही नपरेको सुखद पक्ष रहेको जानकारी दिँदै सतर्क रहन सबैमा अनुरोध गरिएको छ । एनआरएनए हङकङमार्फत गुरूङले यसअगाडी समेत आपतकालिन अवस्थामा विभिन्न योजनाहरुमा सक्रियता देखाएकी थिईन् । उनले मानवीय सेवा नै सबैभन्दा ठुलो धर्म भएकाले चिनमा देखिएको कोरोना भाइरस बिरुद्धको अभियानमा एकजुट हुनुपर्ने बताईन् ।