बढ्ने प्रस्ताव गरेको पाइएको छ ।

साना ग्राहकलाई सहुलियत दिने गरी पाँच एम्पायर क्षमता जडान गरेका ग्राहकलाई १० युनिटसम्म इनर्जी शुल्क नलिने प्रस्ताव गरे पनि न्यूनतम शुल्कका रूपमा मासिक ३० रुपियाँ भने लिने गरी नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगमा प्रस्ताव पठाएको छ।

महसुल समायोजन प्रस्ताव अनुसार सिङ्गल फेज ग्राहस्थ उपभोक्तालाई छ समूहमा राखिएको छ । यस अनुसार ०-१०, ११-२०, २१-५०, ५१- १००, १०१-२५० र २५० भन्दा बढी  गरी समूह निर्धारण गरिएको छ ।सबै भन्दा कम शुल्क विद्युत् प्राधिकरणले फेज आउट गर्न चाहेको पाँच एम्पियर क्षमताका ग्राहकलाई राखिएको छ। त्यसमाथिका ग्राहकलाई ५० रुपयाँ न्यूनतम शुल्क चार रुपियाँ प्रतियुनिट प्रस्ताव गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।