नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङको सभापतिमा जब्बरबहादुर लामिछाने निर्विरोध निर्वाचित भएका छन । शाखाको ३० र्औ अधिवेशनबाट लामिछाने सहित अन्य पदाधिकारी र सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका हुन । त्यसैगरी शाखाको महिला उप–सभापतिमा उषा पौडेल, खुल्ला उप–सभापतिमा राजेन्द्र आचार्य, मन्त्रीमा विकास पौडेल, कोषाध्यक्षमा श्रीधर कंडेल, उप–मन्त्रीमा मेषलाल शर्मा, उप–कोषाध्यक्षमा विष्णुप्रसाद सापकोटा निविरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकारी सुर्यप्रसाद ढकालले जानकारी दिए ।

त्यसैगरी शाखाको सदस्यहरुमा सिता शर्मा, मायाँकुमारी केसी मनकुमारी बुढाथोकी, सुमन भुषाल, विष्णुप्रसाद शर्मा, तेजप्रसाद शर्मा, ढालेन्द्रप्रसाद गौतम, लक्ष्मण खड्का, ताराबहादुर विश्वकर्मा र भुवानी प्रसाद कंडेल निर्वाचित भएका छन ।मंगलबार देखी सुरु भएको अधिवेशनमाको मनोनयन दर्ता सँगै बुधबार निर्वाचन प्रक्रिया अगाडी बढाईएको थियो । मंगलबार दिउँसो २ बजे देखी मनोनयनको दर्ता सुरु गरी पटक–पटक समय थप गरेर बुधबार दिउँसो ३ बजे सम्म कायम गरिएको थियो ।

उक्त समय भित्र पदाधिकारी र महिला सदस्यका लागि एक÷एक जनाको मात्र मनोनयन दर्ता भएको थियो भने बाँकी खुल्ला ७ सदस्यका लागि १० जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।खुल्ला सदस्यमा मनोनयन दर्ता गराएका १० मध्ये ३ जनाले मनोनयन फिर्ता लिएपछि सवै पदका लागि निर्विरोध भएको ढकालले बताए ।निर्वाचित पदाधिकारी तथा सदस्यहरुले बुधबार नै एक कार्यक्रमका विच पदभार तथा सपथग्रहण गराईएको छ ।

उक्त कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति जब्बर बहादुर लामिछानेले आफु विगत एक दशक पहिले देखी रेडक्रस जस्तो सामाजिक संस्थामा लागि जनताको सेवामा खटिएको हुँदा आउँदा दिनमा पनि अनवरत रुपमा सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले यस संस्थामा कुनै आग्रह पुर्वाग्रह भन्दा बाहिर रही आपत विपतमा रहेकाको उपकार गर्नुनै मुख्य दायित्व रहेको र सोही अनुसार दायित्व बोध गर्ने बताएका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले सम्पुर्ण निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै मानविय भावना बोकेको पवित्र संस्थामा सवैले पवित्र मनले काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा रेडक्रस सोसाईटीका पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, निवर्तमान मन्त्री नारायण शर्मा पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा शाखाले निवर्तमान उपसभापति रामबहादुर खत्री र पुर्व उपसभापति जगदिशचन्द्र उपाध्यायलाई सम्मान गरेको थियो । अधिवेशनमा जिल्ला भरीका ४३ शाखाका २ सय ४१ प्रतिनिधिहरुको सहभागि रहेको थियो । कार्यक्रम मतदान अधिकृत हरिबन्धु अर्यालको अध्यक्षता, सहायक निर्वाचन अधिकृत लक्ष्मण कोईरालाको संचालनमा सम्पन्न भएको थियो ।