मंगला मावि बन्यो दोस्रो राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

0

(केशब कँडेल) मंगला गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मंगला मावि च्याम्पियन भएको छ । बिहिबारदेखि सुरु भएको प्रतियोगितामा मंगला माविले स्वर्ण पदकमा फराकिलो अन्तरले उपाधी जित्न सफल भएको हो । शनिबार सम्पन्न भएको प्रतियोगितामा मंगलाले ११ स्वर्ण, १० रजत, १ काँस्य पदक जितेको छ भने त्रिभुवन मंगला माविले ६ स्वर्ण, ३ रजत र ४ काँस्य पदक सहित उपविजेता भएको छ ।

त्यस्तै महेन्द्ररत्न मावि बरंजाले ५ स्वर्ण, ४ रजत र ८ काँस्य जित्दै तृतिय भएको शिक्षा संयोजक डेकबहादुर बानियाँले जानकारी दिनुभयो । प्रथम र द्धितिय दुवै मंगला गापा–२ नं वडाका विद्यालय हुन् ।प्रतियोगितामा डनिङ आवासीय माविले ५ स्वर्ण, ४ रजत र २ काँस्य, दिपशिखा मावि कुहुँले २ स्वर्ण, १ रजत र १० काँस्य, मालिका जनहित बोर्डिङले १ स्वर्ण र २ रजत पदक प्राप्त गरेका थिए ।

प्रतियोगितामा छात्र भलिबलतर्फ मंगला मावि प्रथम डनिङ आवासीय मावि, द्धितिय र महेन्द्ररत्न मावि तृतिय, छात्रा भलिबलतर्फ महेत्द्ररत्न प्रथम, सिद्धशान्ति मावि हिँदी द्धितिय र शिशुकल्याण मावि अर्मन तृतिय स्थान प्राप्त गरेका थिए ।

यता कवड्डीतर्फ छात्रातर्फ मंगला प्रथम, द्धितिय शिशुकल्याण मावि, तृतिय महेन्द्ररत्न मावि बरंजा, छात्रातर्फ महेन्द्ररत्न मावि प्रथम, द्धितिय मंगला मावि र तृतिय डनिङ आवासीय मावि भएको छ ।‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समितिको व्यवस्थापनमा गाउँपालिकास्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका लगायतले पुरस्कार वितरण गरेका थिए ।गाउँपालिका भित्रका सञ्चालित ८ ओटा सामुदायिक र एकवटा संस्थागत गरी ९ ओटा विद्यालयले सहभागिता जनाएका थिए ।

Leave a Reply