दोस्रो राष्ट्रपति रनिङ शिल्डमा माउण्ट एभरेष्ट र न्यू वेष्ट प्वाइन्ट विच कडा प्रतिस्पर्धा

0

बेनी नगरपालिकाको आयोजनामा सदरमुकाम बेनीमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि र न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बीच कडा प्रतिस्पर्धा देखिएको छ । शुक्रबारदेखि जारी प्रतियोगिताको शनिबारसम्म माउण्ट एभरेष्टले १३ स्वर्ण, १० रजत र ५ काँस्य पदक प्राप्त गरेको छ भने न्यू वेष्ट प्वाइन्टले १२ स्वर्ण, ७ रजत र १० काँस्य पदक प्राप्त गरेको प्रतियोगिताका अफिसियल विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगतका सम्पुर्ण खेलहरु आइतबार सम्पन्न हुने छ । प्रतियोगितामा बेनी नगरपालिका भित्रका २४ ओटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टका खेलहरु भइरहेका छन् । प्रतियोगितामा विजेतालाई क्रमशः नगद ५० हजार, ३५ हजार र २० रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिनेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगद तीनहजार पाँचसय र उत्कृष्ट खेलाडीलाई दुईहजार पाँचसय रुपैयाँसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जनाइएको छ ।

Leave a Reply