रघुगंगा गाउँपालिका–३, पिप्लेमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा रघुगंगा मावि च्याम्पियन भएको छ । रघुगंगाले प्रतियोगितामा ९ स्र्वण, २ रजत र २ काँस्य पदक सहित उपाधी जितेको हो । प्रतियोगितामा मुक्तिधाम मावि भगवतीले ८ स्वर्ण, ६ रजन र ४ काँस्य पदक हात पार्दै द्धितिय र ज्ञानोदय माविले ३ स्वर्ण, ६ रजत र २ कास्य पदक सहित तृतिय हुन सफल भएका छन् ।

प्रतियोगितमा प्रथमलाई नगद रु ५० हजार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ भने द्धितियलाई नगद रु ४० हजार र तृतियलाई नगद रु ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेम थापाले जानकारी दिए ।

प्रतियोगितामा छात्र भलिबलतर्फ प्रथम मुक्तिधाम मावि, द्धितिय ज्ञानोदय मावि र तितृय रघुगंगा मावि र छात्रातर्फ प्रथम कालिका मावि, द्धितिय जनता मावि र तृतिय रितुङ माविलाई क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा मार्च पासमा नर्थ स्टार बोडिङ स्कुल उत्कृष्ट बनेर नगद रु दुई हजार सहित गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा, प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष जिवन कुमार मल्ल, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, रघुगंगा मावि व्यवस्थापन समितिका अध्यक्ष खिम शाही लगायतले उपाधि र पदक बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

गाउँपालिकाभित्रका विभिन्न १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको फागुन १ गते गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको थियो । महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईएको प्रतियोगिताको हरेक इभेन्टमा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद रु ५ सय, ४ सय र ३ सयको दरले पुरस्कृत समेत गरिएको थियो ।