‘आइसाको एथ्लेटिक्समा देशका लागि खेल्ने चाहना’

0

बेनी नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चारवटा स्वर्ण,एथ्लेटिक्सतर्फ उत्कृष्ट र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित आइसा केसीले एथ्लेटिक्स खेलमा नेपालबाट प्रतिनिधित्व गदैं अन्तराष्ट्रियस्तरको खेल खेल्ने सपना बोकेकी छन् । एथ्लेटिक्सकी केसीले यससँगै तीनपटक नगर तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विहिन भईन् ।

हरेक प्रतियोगितामा विद्यालयलाई पदक दिलाउने गरेकी केसीले नेपाली सेनामा भर्ती भएर देशका लागि खेल्ने चाहना रहेको बताईन् । ‘एथ्लेटिक्समा जितेका पदकहरु घरमा राख्न मात्रै चाहन्न,‘मैले नेपालबाट विश्वका अन्य देशहरुसँग खेल्ने सपना बोकेकी छु’केसीले बेनीअनलाइनलाई भनिन् ।

एथ्लेटिक्सका हरेक खेलहरुमा पदक विहिन हुन नपरेको बताउँदै केसीले शिक्षासँगै खेलकुदमार्फत देशको नाम चिनाउन अझै संघर्ष गर्ने बताईन् । उनले नगरस्तरीय प्रतियोगितासँगै जिल्ला, प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने गरी निरन्तर मेहनत गरेको बताईन् । एक्लै विद्यालयलाई चारवटा स्वर्ण पदक जोड्न सफल भएकोमा केसी मख्ख छिन् । ‘पदकमा मेहनत र सपना जोडिएको छ,‘यहाँको सफलतालाई राष्ट्रको खेलसम्म पु¥याउने चाहना छ’ उनले भनिन् ।

एथ्लेटिक्समा विश्वकै चर्चित खेलाडीहरुको जीवनीसँगै उनीहरुको सफलताका बारेमा समेत चासो दिएर जानकारी लिने गरेकी केसीले बेनी नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिपल जम्प, १ सय मिटर १ सय इन्टु ४ रिलेमा स्वर्ण जितेकी थिईन् । उनले समुहमा सहभागी हुने खेलमा निर्णायक भूमिका नै स्वर्ण पदक जित्ने आधार भएको आयोजनले जनाएको छ । न्यु वेष्ट प्वाइन्ट आवासीय माविले एथ्लेटिक्सतर्फ एक्लै १४ स्वर्ण, २ रजत र ५ काँस्य जितेको थियो ।

Leave a Reply