राष्ट्रपति खेलकुदमा बालमन्दिरका खेलाडीको उच्च प्रदर्शन

0

बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेनी नगरपालिका–८, कालिपुलस्थित बालमन्दिर आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत सनम विकले एथ्लेटिक्सका विभिन्न विधामा सहभागी भए । बिना अभ्यास विकले पदक प्राप्तीका लागि अन्तिम समयसम्म प्रयास गरेपनि सफल हुन सकेनन्। विद्यालयबाटै मार्सल आर्टको विधामा सज्जन विक, समिर किसान, पार्वती किसानले स्वर्ण पदक जिते।

उसुकै नानु छवान् विधामा सज्जनले एक काँस्य पदक जिते। विद्यालयबाट लाइनमा खुल्लामञ्चमा १८ जना विद्यार्थी खुल्लामञ्चको विभिन्न विधाका खेलमा सहभागी भएर निराश भएनन् नगरपालिकास्तरीय खेलकुदमा तेस्रो स्थानमा आउन सफल भए। कलिला बालबालिकाले प्रतियोगितामा पदक भिरेर खुसी हुदै फर्किनन् मात्रै एउटा गतिलो सन्देश समेत छोड्न सफल भए।

बेनीबजारभित्र तथा नगरपालिकाका ग्रामिण क्षेत्रमा सञ्चालित माध्यामिक तहका विद्यालयहरुलाई पन्छाउँदै तेस्रो स्थान सुरक्षित गरेको बालमन्दिरका विद्यार्थीले बेनीमा आयोजना हुने फुटबल तथा विद्यालयस्तरमा आयोजना गरिने खुल्ला प्रतियोगितामा समेत सहभागीता जनाउने गरेका छन्। नेपालीमा त अझ एउटा उखानै छ–’नपत्याउने खोलाले बगाउँछ’भन्ने उदाहरण बालमन्दिरका खेलाडी बनेका छन्।

‘हामीले विद्यार्थीलाई उर्जा दिन्छौ,‘उनीहरुले हामीलाई नतिजा दिन्छन्’ विद्यालयका प्रधानाध्यापक सुरेन्दप्रसाद केसीले बेनीअनलाइनलाई भने।उनले फुटबल, भलिबल तथा मासल आर्टका खेलहरुमा विद्यार्थीलाई सक्षम बनाउन आवश्यक सहयोग गरिने बताए।  विपन्न परिवारका बालबालिकाले पढ्ने विद्यालयमा प्रयाप्त खेल साम्रागीको अभावमा पनि विद्यार्थीले पदक दिलाउने गरेको प्रअ केसीको भनाई छ ।मावि अनुमतिको पर्खाइमा रहेको विद्यालयले शैक्षिकसँगै खेलकुद गतिविधिमार्फत विद्यालयलाई चिनाउने योजनामा छन् ।

नगरपालिकास्तरीय खेलकुदमा तृतीय स्थासँगै नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रलाई विद्यालयले जिल्लामै आधारभुत तहको विद्यालयमा खेलकुदमा उत्कृष्ट उपलब्धीको रुपमा लिएको छ। प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवासीय मावि २१ स्वर्ण, ९ रजत र ११ कास्यपदक प्राप्त गरी वेष्ट प्वाइन्ट च्याम्पियन भएको थियो भने १६ स्वर्ण, १३ रजत र १० कास्यपदक जित्दै माउण्ट एभरेष्ट आवासीय मािव उपविजेता बनेको थियो । बेनी नगरपालिका भित्रका १० वटा वडाका विभिन्न २४ विद्यालयले सहभागिता जनाएका थिए ।

Leave a Reply