अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु

0

अष्ट्रेलियामा अध्ययनरत एक नेपाली चेलीकोे मृत्यु भएको छ ।अष्ट्रेलियाको सिड्नीमा रहेकी ललितपुर साना गाउँकी रमिला मर्हजनको मृत्यु भएको हो । उनी अध्ययनका लागि २ वर्ष अघि मात्रै अष्ट्रेलिया पुगेकी थिइन् ।श्रोतका अनुसार अष्ट्रेलिया पुगेपछि रमिलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो । त्यसको उपचार गराउने क्रममा उनको मृत्यु भएको बताइएको छ।

श्रीमान संजय महर्जनसँगै अष्ट्रेलियामा रहेकी रमिलाको दाहसंस्कार अष्ट्रेलियामै सोमबार गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँमा रहेको अनन्त इङ्गलिस स्कूलबाट एसएलसी गरेकी रमिला बिबिएस सकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएकी थिइन् । उनको बिहे २ वर्ष अघिमात्र भएको थियो ।उनको मृत्युको खबरले मर्माहत भएको भन्दै अनन्त अंगेजी विद्यालयका प्रिन्सीपल गोपाल प्रसाद घिमीरेले दुःख व्यक्त गरेका छन् ।

‘हाल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका क्रममा रहेकी अनन्त इङ्गलिस स्कूलको २०६४ व्याचकी होनहार छात्रा रमिला महर्जनको असामयिक निधनप्रति हार्दिक र श्रद्धाञ्जली व्यक्त गर्दछु । रमिलाको निधनबाट पत्नी वियोगको पीडामा परेका सोही व्याचका यसै विद्यालयका छात्र सञ्जय महर्जन एवम् दुबै परिवारमा परेको बज्रपातप्रति विद्यालय परिवार तथा व्यक्तिगत रूपमा म हार्दिक समवेदना व्यक्त गर्दछु ।’ प्रिन्सीपल घिमीरेले सामाजिक संजालमा लेखेका छन् । Source: sansarnews.com

Leave a Reply