अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मुक्तिमार्ग मावि घारले हात पारेको छ । शिख माविको व्यवस्थापन र गाउँपालिकाको आयोजनामा सोमबार गाउँपालिका–६, शिखमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ३ काँस्य हात पार्दै उपाधी जित्न सफल भएको हो ।

६ स्वर्ण ,५ रजत र ५ कास्य प्राप्त गरेको प्रभा मावि द्वितीय भएको छ भने ५ स्वर्ण,४ रजत र २ काँस्य प्राप्त गरेको टिकोट माबिले तृतीय स्थानमा चित्त बुझाउन बाध्य भएको छ । गतबर्षको विजेता प्रभा मावि उपविजेतामा चित्त बुझाएको छ

यसैगरी शिख माबिले ४ स्वर्ण ,७ रजत ४ कास्य, ज्ञानप्रकाश माबिले ३ स्वर्ण,३ रजत र ४ काँस्य,आदर्श माबिले १ स्वर्ण,२ रजत र २ कास्यँ, हिमाञ्चल माबिले १ स्वर्ण र ४ काँस्य,सर्बोदय माबिले ३ रजत र २ कास्य,कैलाश माबिले २ रजत र २ कास्य खिबाङ आधारभुत बिद्यालयले १ स्वर्ण तथा पाउद्वार माबिले १ कास्य हात पारेको गाउँपालिका शिक्षा संयोजक भरत पुनले जानकारी दिए ।

उपाधी संगै बिजेता मुक्तिमार्गले विद्यालयले ५० हजार रुपैयाँ रनिङ्ग शिल्ड,ट्रफी,मेडल र प्रमाणपत्र उपविजेता प्रभा माबिले ३० हजार रुपैयाँ ट्रफी,मेडल र प्रमाणपत्र तथा तृतिय तिकोट माबिले विद्यालयले २५ हजार रुपैयाँ,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा आठ वटै वडा भित्रका एक (१–८) आधारभुत र १० मावि तह विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गदैं खेलाडीलाई प्रोत्साहन गर्ने बताए । बिजेता तथा उपबिजेताहरुलाई अध्यक्ष क्याप्टेन गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर र प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी लगायतले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा छात्र÷छात्रा भलिबल तथा छात्र÷छात्रा कपर्डी तथा एथलेटिक्स विद्याका गरी ३० खेलहरु सञ्चालन गरिएको थियो ।