बेनीमा सर्जिकल माक्स बढी मूल्यमा बेच्ने गरेको गुनासो

0

म्याग्दीको सदरमुकमा बेनीका केही औषधी पसलले सर्जिकल माक्स बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । छिमेकी राष्ट्र चिनबाट फैलिएको कोरोना भाइरसको त्रास तथा गर्मी महिनामा फैलिने विभिन्न सरुवा रोगबाट जोगिन सर्जिकल माक्स प्रयोग गर्नेको संख्या बढेसँगै बेनीबजारमा सञ्चालित क्लिनिक पसलले १० रुपैयाँ पर्ने मास्क लाई दुई गुणा भन्दा बढी मुल्यमा बिक्रि गर्ने गरेको गुनासो गरेका छन् ।

‘पहिलेजस्तो माक्स पाइदैन् भन्दै बढी मुल्य लिने गरेका छन्,‘१५ रुपैयाँसम्म विक्री गरेको पाइयो’ एक प्रयोगकर्ताले भने । उनका अनुसार बजारमा चरम अभाव भएकाले बाहिरबाट आउँदा नै महंगो भएकाले मुल्य बढी भएको भन्दै १५ रुपैयाँमा बिक्री गरेको गुनासो गरे । नेपाली बजारमा बिक्री गरिने सर्जिकल मास्कलाई चिनमा उपहार दिने तथा ब्यक्तिगत रुपमा समेत खरिद गरी राख्ने गरिएकाले समेत अभाव देखिन थालेको क्लिनिका सञ्चालकहरुको भनाई छ ।

बेनी संजिवनी हेल्थ क्लिनिकका सञ्चालक सिताराम श्रेष्ठले बजारमा मुल्यभन्दा धेरै लिएर विक्री भइरहेको गुनासो आउन थालेको बताए । ‘एकजनाले हाम्रोमा पनि १५ रुपैयाँ दिनुभएको थियो,‘मैले ५ रुपैयाँ फिर्ता दिए’श्रेष्ठले बेनीअनलाइनलाई भने। उनले प्रयोगकर्ताले नै १५ रुपैयाँ दिनुलाई बजारमा केहिले बढी मूल्यमा बेच्ने गरेको हुनसक्ने बताए । उनले स्वास्थ्य सेवामा कालोबजारीलाई रोक्नुपर्ने बताए ।

यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले माक्सको कृत्रिम अभाव वा बढी मुल्यमा बिक्री गरेमा कारवाही गर्ने चेतावनी दिएका छन् । बढी मुल्यमा खरिद गर्नुपरेमा जिल्ला प्रसाशन कार्यालयमा जानकारी गराउन समेत प्रजिअ ढकालले अनुरोध गरे । सहायक प्रजिअको अध्यक्षतामा रहेको अनगुमन टोलीलाई जानकारी सहित अनुगमन गरिने प्रजिअ ढकालको भनाई छ । म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाका सबै स्थानीय तहमा निजि क्लिनिहरु सञ्चालित छन् ।

Leave a Reply