फागुन ९ मा सार्वजनिक विदा

0

सरकारले मुलुकभर आउँदो शुक्रबार सार्वजनिक बिदा दिएको छ । सरकारले आउँदो शुक्रबार पर्व बिदा दिएको हो । यसवर्षको शिवरात्रि शुक्रबार परेकाले उक्त दिन सार्वजनिक बिदा दिइएको हो ।

यही फागुन ९ गते शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्था सहितका सबै कार्यालयमा बिदा दिइएको छ ।सरकारले २०७६ सालभरीको सार्वजनिक बिदाबारे जानकारी दिन १ चैत २०७५मा राजपत्रमा प्रकाशित पर्व बिदामा शिवरात्रिका दिन मुलुकभर बिदा दिइने उल्लेख छ ।

Leave a Reply