म्याद गुज्रेका औषधिले बिरामी जोखिममा

0

औषधि पसलले म्याद गुज्रेका औषधि विक्रीका लागि राख्ने गरेको पाइएपछि सरकारले त्यस्ता औषधि बजारबाट तत्काल उठाउन निर्देशन दिएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा औषधि व्यवस्था विभागसहितको टोलीले गरेको अनुगमनका क्रममा म्याद गुद्धेका औषधि बिक्रीका लागि राख्ने गरेको पाइएको हो ।

औषधि पसलमा केही औषधि म्याद नाधेको भेटिएपछि फिर्ता गर्न ताकेता गरिएको छ ।औषधि पसल तथादुई सातामा १ लाख ६ फार्मेसीले औषधिहरू बिक्री गर्दा खरिद बिल देखाउन नसकेको पाइएको छ ।  औषधि पसलले उपभोक्तालाई खरिद बिल नदिएर हचुवाको भरमा औषधि बिक्री गर्दै आएको छ ।पछिल्ला दुई साताको अवधिमा २८ औषधि पसल/फार्मेसीको अनुगमन गरिएको थियो ।अनुगमनका क्रममा अधिकांश औषधि पसलमा कैफियत देखिएको थियो। ती औषधि पसलले खरिद बिल प्रयोग नगरेको देखिएको छ। राजधानी दैनिकमा खबर छ ।

Leave a Reply