बिचौलिया लगाए मात्रै काम चाँडो

0

बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उहाँको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन ।“कहिले कम्प्युटरमा जग्गा दर्ता छैन भन्छन्, कहिले कागज मिलेन भन्छन्, आज चार दिन भयो । काम नहुँदा साहै्र दिक्क लागेको छ”, बिहीबार मालपोत कार्यालयको हाताभित्र निराश भेटिनुभएका बेहनाले भन्नुभयो ।

सोही प्रकारले जग्गा बिक्री गर्न मालपोत कार्यालयमा आउनुभएका बाँके जानकी गाउँपालिका–४ का झुरी अहिरले पनि कार्यालयमा निर्णय गर्ने हाकिम नहुँदा तीन दिनदेखि दिनदिनै धाइरहेको बताउनुभयो । “कहिले हाकिम आउने हुन् र निर्णय हुने हो, थाहा छैन”, अहिरले दुःखी हुँदै भन्नुभयो । सोही प्रकारले जग्गा बिक्रीकै लागि तीन दिनदेखि मालपोत धाइरहेको बताउने कोहलपुर–५, रझेनाका पटवारी थारूले कर्मचारीहरूले विभिन्न बहानामा काम नगरिरहेको गुनासो गर्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply