नेपाल घरेलु तथा साना उद्योग रघुगंगा र अन्नपूर्ण गाउँपालिका गठन भएको छ । शनिबार दुवै गाउँपालिकाका आयोजित कार्यक्रममा बोल्ने बक्ताले जिल्लाभित्र रहेका साना उद्यमीको सञ्जाललाई सक्रिय बनाउँदै सीप हस्तान्तरणमा जोड दिएका थिए । रघुगंगाको मौवाफाँटमा आयोजित भेलाबाट अध्यक्ष मोहन बहादुर कार्कीको अध्यक्षतामा उपाध्यक्ष टिका सेन,महासचिव विश्वप्रकाश मल्ल, कोषाध्यक्ष यामकुमारी गर्बुजा, सदस्यहरु रामचन्द्र सुबेदी, याम बहादुर थापा, गोविन्द रिजाल, श्यानानन्द शर्मा र कमला शर्मा रहेको समिति गठन गरेको छ ।

गाउँपालिका भित्रका सबै वडालाई समेट्ने गरी बैठकले थप सदस्य विस्तार गर्ने बताइएको छ ।  कार्यक्रमको प्रमुख अतिथि रघुगंगा गाउँकार्यपालिका सदस्य वडा नं ३ को कार्यवाक अध्यक्ष सम्झना परियारले उद्घाटन गदैं उद्यमीलाई अनुकुल हुने कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएकी थिईन् ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा आयोजित भेलाबाट अध्यक्षमा प्रेम बहादुर बरुवाल, महासचिव केशर हिराचन, कोषाध्यक्ष विष्णु गर्बुजा, सदस्यहरु राजकुमार परियार, नारायण बरुवाल, राजाराम बरुवाल र दुर्गाराम बरुवाललाई चयन गरेको छ । ८ वटै वडाका उद्यमीहरुलाई समेट्ने गरी उपाध्यक्ष सहित कार्यसमिति सदस्य थप गरिने बताइएको छ । कार्यक्रममा बिशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य शिब शर्मा पौडेलले साना उद्यमीलाई संरक्षण तथा प्रोत्साहन आवश्यकता रहेको बताए ।

उनले स्थानीय, प्रदेश तथा केन्द्र सरकारमार्फत प्राप्त हुने बजेटलाई परिचालन गरी गाउँघरमै उद्यमी बनाउन महासंघले पहल गरिरहेको बताए । कार्यक्रममा महासंघ म्याग्दीका अध्यक्ष लिलाराम गौतमले जिल्लाका सबै स्थानीय तहमा गठन गरिएको समितिलाई सक्रिय बनाउने बताए । कार्यक्रमको अध्यक्षता गौतम, स्वागत कार्यसमिति सदस्य डम्बर बहादुर कार्की र सञ्चालन महासचिव अम्मर बानियाँले गरेका थिए ।