मगर एकता,३८ औ मगर स्थापना तथा नेपालका प्रथम शहीद लखन थापा मगरको १ सय ४३ औं स्मृति दिवसको अवसरमा रेडिंग रिभरमेड लेजर कमप्लेक्समा सयौंको संख्यामा मगरहरु भेला भएर मनाएका हुन् ।

बेलायत भरी छरिएर रहेका मगरहरुलाई एकिकृत तथा संगठित गदैं मनाउने गरिएको कार्यक्रमको आदिवासी जनजाति महिला संघकी संस्थापक अध्यक्ष तथा इतिहासबिद् बमकुमारी बुढामगरले उद्घाटन गदैं नेपाली आदिवासी जनजातीहरुमध्ये सबैभन्दा धेरै संख्यामा रहेका मगरजातीको आफ्नै मौलिक संस्कार, धर्म, बहुसंस्कृति, बहुकला र बहुभाषाको जर्गेनामा सामुहिक सक्रियता आवश्यक रहेको बताईन् ।

सोही अवसरमा विशिष्ट अतिथि नेपाली दुतावास लण्डनका तेजिन्द्र रेग्मी, एनआरएनए यूकेका उपाध्यक्ष प्रेम गाहा लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा केन्द्रिय अध्यक्ष लेप्टन सुनिल रानाको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रम प्रस्तुतीकरण संघकी सल्लाहाकार देवी आले र सञ्चालन महासचिव रुद्र थाप मगरले गरेका थिए ।

३८औ मगर दिवस भब्य सफल बनाउन सहायोगमा म्याग्दीबाट मोना युकेका अध्यक्ष दल जुज्गाली लगायत, म्याग्दीका ब्यवसायी बरंजाका मनिष खड्का,पुलाचौरका किशान जिसी, राखुका अनिल मल्ल, बिमका झकबिर जुग्जाली, भेरीखड्काका खगेन्द्र पुर्जा, जुग्जाका ओम रोका र भकिम्लीका सेर थापाले समेत कार्यक्रमलाई बृहत बनाउन भूमिका खेलेको मगर संघ यूकेका उपाध्यक्ष, कार्यक्रम संयोजक एवम् मोना यूकको महासचिव लाल बहादुर पुनले जानकारी दिए ।

कार्यक्रममा पूर्वी नेपालका मगरहरुको हुर्रा नाच, पाल्पा जिल्लामा नाचिने झ्याउरे नाच, तनहूँ जिल्लामा नाचिने कौडा नाच, लुम्बिनी र गण्डकी क्षेत्रमा नाचिने घाँटु, सालैजो, सोरठी र ठाडो भाका, बाग्लुङ्ग क्षेत्रमा नाचिने नचरी, म्याग्दीमा नाचिने पुख्यौली तथा थाली र नेपालको पश्चिम राप्ती अञ्चलतिर नाचिने सरंगे नांच शाखाहरुले र खामभाषि मगर तथा पुन मगर समुदायहरुले गरेका प्रस्तुतिमा संघका सचिब सरल राना र साँस्कृतिक सचिव सरु रानाले संचालन गरेका थिए भने मगर फेशन शो त्रस्ती गोमा राना सस्कृति सचिबले प्रस्तुत गरेको कार्यक्रममा महिला मगर संघकी रेदिंग शाखाकी निर्वतमान अध्यक्ष भानु बुथाथोकीले भाग्यशाली चिठ्ठामा एक तोला सुन प्राप्त गरेकी थिईन् भने नेपालबाट आएका लोकप्रिय कलाकार काउली बुढी र स्थानीय कलाकार मनसुधान थापा लगायतले प्रस्तुती देखाएका थिए । बेलायतमा पनि करिब ४० हजार जनसंख्या मगर रहेको छ ।